राजविराजमा प्रधानमन्त्रीको पुतला दहन

अवधेशकुमार झा

राजविराज — नागरिकता संशोधन विधेयक विभेदकारी रहेको भन्दै जनता समाजवादी पार्टी निकटका युवा र विद्यार्थीहरुले मंगलबार साँझ सप्तरीको सदरमुकाम राजविराजमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

राजविराजमा प्रधानमन्त्रीको पुतला दहन

उक्त विधेयकको खारेजीको मागसहित उनीहरुले राजविराजमा प्रदर्शनपछि स्थानीय नेताचोकमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । पुत्ला जलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटक पटक झडप भएको थियो ।

पुत्लामा आगो लगाउन थालिएपछि प्रहरीले पुत्ला खोस्‍ने प्रयास गरेको थियो । प्रर्दशनकारीले पुत्ला खोस्‍न नदिने भनेपछि झडप भएको हो ।

नागरिकता संशोधन विधेयक ल्याएर सरकारले विभेद गर्न खोजेकाले विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाइएको प्रदर्शनकारीहरुले बताए ।

प्रकाशित : असार ९, २०७७ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?