१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पर्सामा थपिए ८ संक्रमित

भूषण यादव

वीरगन्ज — भारतबाट फर्किएका पर्साका थप ८ जनामा सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको जगरनाथपुर गाउँपालिकाको सन्ठीस्थित क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना पुष्टि भएको नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले जनाए ।

पर्सामा थपिए ८ संक्रमित

‘नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २० वर्ष देखि ५५ वर्ष समूहका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो,’ कान्तिपुरसँग डा. सिंहले भने, ‘त्यसमा एक जना २५ वर्षीया महिला पनि छिन् ।’ गत जेठ २३ मा उनीहरको स्वाब संकलन गरिएको थियो । सोमबार संक्रमित पुष्टि भएकाहरु जगरनाथपुर गाउँपालिका –६ सन्ठीका निवासी हुन् ।

सन्ठी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा ३४ जनालाई राखिएको औराहा स्वास्थ्य चौकीका इन्चार्ज पप्पु रौनियारले जनाए । ‘सन्ठी माविको क्वारेन्टाइनमा राखिएका अधिकांश भारतको हरियाणा, केरला, उत्तर प्रदेशबाट आएका हुन्,’ उनले भने, ‘गत जेठ १४ मा उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।’

संक्रमितलाई नारायणी अस्थायी कोभिड अस्पतालमा ल्याउने तयारी भइरहेको छ । स्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार संक्रमति पुष्टि भएकाहरुको कनट्याक्ट ट्रेसिङ थालिएको छ ।

प्रकाशित : जेष्ठ २६, २०७७ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?