३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एम्बुलेन्सबाट चरेस ओसारपसार गरेको आरोपमा ३ जना पक्राउ

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाही सदरमुकाम मलंगवाबाट एम्बुलेन्समार्फत् लागुऔषध ओसारपसार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । मलंगवाबाट भारततर्फ ८ किलो चरेस लैजाँदै गरेका एम्बुलेन्स चालक र त्यसमा संलग्न अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

एम्बुलेन्सबाट चरेस ओसारपसार गरेको आरोपमा ३ जना पक्राउ

पक्राउ पर्नेमा ज १ च १४०७ नम्बरको एम्बुलेन्स चालक मोहन राय यादव, उनीसँगै रहेका स्थानीय नथुनी ठाकुर र एम्बुलेन्सबाट चरेस भारतीय बजार लैजाँदै गरेका मलंगवा नगरपालिका–८ का रामदुलार राय रहेका छन् । उनीहरुको साथबाट ८ किलो एकसय ३५ ग्राम लागुऔषध चरेस बरामद भएको हो ।

शनिबार राति साढे ११ बजे मलंगवाबाट भारतीय बजार सोनवर्षातर्फ जाँदै गरेका रामदुलार रायलाई दशगजा नजिकबाट आठ किलो चरेससहित प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीको कमाण्डमा खटिएको प्रहरी टोलीले रायलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाको बयानको आधारमा प्रहरीले आइतबार बिहान एम्बुलेन्स चालक यादवलाई नियन्त्रणमा लिइएको र एम्बुलेन्स खानतलासी गर्दा थप एकसय ३५ ग्राम चरेस बरामद भएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । उनले चालक रायका साथमा रहेका स्थानीय नथुनी ठाकुरलाई समेत नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : जेष्ठ २५, २०७७ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?