राधादेवी सदालाई राहत
राजविराज — घरमा खाद्यान्न नहुँदा भोकै बस्नुपर्ने विवशतासँग लड्दै आएकी सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ की राधादेवी सदालाई राहत जुट्न थालेको छ । चार महिनाका छोरा शिवम्लाई दूध खुवाउन समेत नसकीरहेकी राधादेवीलाई शुक्रबार केही व्यक्ति र संस्थाले नगद र खाद्यान्न सहयोग गरेका हुन् । उनी भोकै रहेको समाचार कान्तिपुरमा समाचार प्रकाशित भएपछि सहयोग जुटन थालेको हो ।
शुक्रबार क्रिएसन नेपालले १० हजार, जनता सामाजवादी पार्टीका केन्द्रीय सदस्य अनिल महासेठले ५ हजार र काठमाडौं डिल्लीबजारका मणिदेव भट्टराईले ५ हजार रुपैयाँ राधादेवीलाई सहयोग गरेका छन् । यसैगरी सप्तरी युथका विष्णु यादवले २५ किलो चामल र शिक्षक गजेन्द्रप्रसाद दासले १० किलो चामललगायत खाद्यान्न सामग्री राधादेवीलाई सहयोग गरेका छन् ।
सम्बन्धित समाचार
प्रकाशित : जेष्ठ २३, २०७७ १८:३५