बारामा संक्रमित ६ प्रहरीसहित १० जना डिस्चार्ज

लक्ष्मी साह

बारा — बारामा संक्रमित ६ प्रहरीसहित १० जना बिहीबार घर फर्केका छन् । कलैया अस्पतालबाट ७ र वीरगन्जको गण्डक कोभिड–१९ अस्पतालबाट ३ डिस्चार्ज भएका हुन् ।

बारामा संक्रमित ६ प्रहरीसहित १० जना डिस्चार्ज

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक, नायव निरीक्षकसहित ६ प्रहरी र जिल्लाकै एक जना रेडियोकर्मी डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए । यीबाहेक नेपाली सेनाका २ जवान र एक संक्रमित बालक उपचारपछि निको भएर घर फर्केका हुन् । पचरौता नगरपालिकाको पिपरपाती क्‍वारेन्टाइनबाट सेनाका जवान संक्रमित भई वीरगन्ज उपचाररत थिए । बालक भने वीरगन्जबाट संक्रमित भएका थिए ।

यसअघि जीतपुरसिमरा उपमहानगरका २ जना वीरगन्जबाट डिस्चार्ज भएका थिए । जिल्लामा ७० संक्रमितमध्ये पटकपटक गरेर १२ जना कोरानामुक्त भएका हुन् । अरु उपचारकै क्रममा छन् ।

प्रकाशित : जेष्ठ २२, २०७७ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?