कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मोटरसाइकलको ट्यांकीबाट २२ लाख रुपैयाँ बरामद

भूषण यादव

पर्सा — पर्साको सीमावर्ती क्षेत्रबाट अवैध रुपले ठूलो परिमाणको रकम लिएर आइरहेका एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोटरसाइकलको ट्यांकीबाट २२ लाख रुपैयाँ बरामद

सीमावर्ती छिपहरमाई गाउँपालिकाको भिस्वाबाट बहुदरमाई नगरपालिकाको भौराटार आउँदै गरेको ना४३प २८०२ नम्बरको मोटरसाइकल बन्जारीमा नियन्त्रणमा लिएर चेक गर्दा २२ लाख ४८ हजार रुपैयाँ बरामद भएको हो ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिस्वाका सशस्त्र प्रहरी निरीक्षक हरिकुमार पराजुलीका अनुसार विशेष सूचनाको आधारमा बिहान साढे ९ बजेको समयमा चेक गर्दा ना ४३ प २८०२ नम्बरको मोटरसाइकलको ट्यांकीमा बनाइएको फल्स बटम भित्रबाट २२ लाख ४८ हजार रुपैयाँ बरामद भएको हो ।

‘छिपहरमाई गाउँपालिका–४ बन्जारीमा शंका लागि चेक गर्ने क्रममा भिस्वाबाट भौराटार जाँदै गरेको ना ४३ प २८०२ नम्बरको मोटरसाइकलको ट्यांकीमा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा २२ लाख ४८ हजार रुपैयाँ बरामद भएको हो,’ उनले भने, ‘थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएका छौँ ।’

प्रहरीका अनुसार साहले रकमको स्रोत खुलाउन सकेका छैनन् । बाहुदरमाई नगरपालिका– ५ भौराटार निवासी २० वर्षीय मोटरसाइकल चालक प्रकाश साहलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पराजुलीले बताए । हजार, पाँच सय, सय र पचासका नोट बरामद भएका छन् ।

प्रकाशित : जेष्ठ २२, २०७७ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?