२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

पर्सामा नेपाली सेनाका २ जवानसहित ५ जना कोरोना संक्रमित डिस्चार्ज

भूषण यादव

पर्सा — नेपाली सेनाका २ जवानसहित पाँच जना कोरोना संक्रमणबाट मुक्त भई बिहीवार वीरगन्जको नारायणी अस्थायी कोभिड अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पर्सामा नेपाली सेनाका २ जवानसहित ५ जना कोरोना संक्रमित डिस्चार्ज

डिस्चार्ज हुनेमा बारामा कार्यरत दुई जना नेपाली सेनाका जवान र पर्साको जिराभवानी गाउँपालिका–४ निवासी २५ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका–५ जेलरोडका २५ वर्षीय पुरुष र वीरगन्ज–१६ का ७० वर्षीय पुरुष छन् ।

पछिल्लो दुई रिपोर्ट नेगेटिभ आएपछि ५ जनालाई डिस्चार्ज गरिएको कोभिड अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहले जनाए । गत जेठ ११ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको थियो ।

‘कोरोना जितेर वारामा कार्यरत नेपाली सेनाका दुई जवान र पर्साका ३ जना डिस्चार्ज भएका हुन्, डा. सिंहले भने, पछिल्लो २ रिर्पोट नेगेटिभ आएपछि बिहीवार डिस्चार्ज गरिएको हो । अस्थायी कोभिड अस्पतालमा २८ जना संक्रमित रहेका छन् । पर्साबाट हालसम्म १ सय २ जना निको भएर डिस्चार्ज भएको नारायणी अस्पतालका प्रमुख डा.मदन कुमार उपाध्यायले बताए ।

प्रकाशित : जेष्ठ २२, २०७७ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?