कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कुखुराको खोरमा १ सय ८० किलो गाँजा !

सुनिता बराल

महोत्तरी — कुखुराको खोरमा लुकाएर राखिएको ठूलो परिमाणको गाँजा महोत्तरी प्रहरीले बरामद गरेको छ । जिल्लाको एकडारा गाउँपालिका–९ गेनाबथनाहाबाट एक लागूऔषध कारोबारीले खोरमा लुकाएको गाँजा प्रहरीले बुधबार बरामद गरेको हो । 

कुखुराको खोरमा १ सय ८० किलो गाँजा !

कुखुराको खोरमा पोका बनाएर राखेको अवस्थामा झण्डै दुई क्विन्टल गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सो बस्तीका लक्ष्मी चौधरी गाँजा ओसारपसार र कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले उनको खोजी गरिरहेको थियो । प्रहरी निरीक्षक केदार बस्नेत नेतृत्वको प्रहरी टोलीले कुखुराको खोरमा चौधरीले भण्डारण गरी राखेको गाँजा पत्ता लगाएको हो । चौधरीलाई खोज्ने क्रममा उनले कुखुराको खोरमा भण्डारण गरेर राखेको १ सय ८० किलो गाँजा बरामद गरेको जिल्लाप्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीषक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

कारोबारमा संलग्न ५२ वर्षीय चौधरी भने फरार भएका छन् । जिल्लामा पछिल्ला तीन वर्षयता यति धेरै परिमाणको गाँजा फेला पारिएको प्रहरीले जनाएको छ ।

भारतसँग सीमा जोडिएको एकडारा गाउँपालिकाबाट अत्याधिक मात्रामा लागूऔषध गाँजाको ओसारपसार हुने गरेको छ । गाँजा खेती र कारोबार नियन्त्रणमा प्रहरी सक्रिय भएपछि कारोबारीले चलाखी गर्दै कुखराको खोरमासमेत गाँजा लुकाएको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

प्रकाशित : जेष्ठ २२, २०७७ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?