१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रदेश २ मा थपिए ४४ संक्रमित

धनुषामा एक सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि
अजित तिवारी

जनकपुर — प्रदेश २ मा बुधबार ४४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या ८ सय ५९ पुगेको छ ।

प्रदेश २ मा थपिए ४४ संक्रमित

प्रदेश २ को समाजिक विकास मन्त्रालयका अनुसार महोत्तरीमा ९, सर्लाहीमा १५, पर्सामा ७, रौतहटमा ११ र धनुषा तथा सप्तरीमा १/१ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

धनुषाका संक्रमित ३८ वर्षीय पुरुष सुरक्षाकर्मी हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा कार्यरत्त उनले प्रदेशसभा सचिवालयमा स्वाब संकलन गराएको धनुषाका सीडीओ कोषहरि निरौलाले जानकारी दिए । प्रदेश २ मा बुधबार संक्रमित भएका ४४ जनामा ३ महिला हुन् ।

महोत्तरीका संक्रमित ९ जना मटिहानी क्वारेन्टाइनमा बसिरहेका थिए । रौतहटका ११ जना संक्रमित जनता मावि कठरियाको क्वारेन्टाइनका हुन् । सर्लाहीका थप १५ जना संक्रमित बैरिया, धबिनिया र हरकटवा क्वारेन्टाइनका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै, पर्साका थप ७ जना संक्रमित बिन्दवासनी, कालीकमाज र सखुवापसौनी क्वारेन्टाइनको रहेका छन् ।

प्रकाशित : जेष्ठ २१, २०७७ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?