२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सप्तरीको हाटीमा दुई पक्षबीच झडप : प्रहरीद्वारा ८ राउन्ड अश्रुग्यास प्रहार

अवधेशकुमार झा

रावजिवराज — सप्तरीको छिन्‍नमस्ता गाउँपालिका-७ हाटीमा दुई पक्षबीच झडप भएपछि स्थिति तनावपूर्ण बनेको छ । जग्गासम्बन्धी विवाद उग्र हुँदै झडप भएपछि दुवै पक्षका ९ जना घाइते भएको घटनास्थलमा रहेका सप्तरीका डीएसपी तिलक भारतीले जानकारी दिए ।

बुधबार बिहानैदेखि दुई पक्षबीच पटक-पटक झडप भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरी र सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजबाट प्रहरी टोली त्यहाँ पुगेको थियो ।

सप्तरीका एसपी कृष्ण प्रसाईंका अनुसार स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले चार राउण्ड अश्रुग्यासको सेल प्रहार गरेको छ । यसैगरी सशस्त्र प्रहरीले पनि चार सेल अश्रुग्यास प्रहार गरेको सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले जानकारी दिए । डीएसपी भारतीले स्थिति अहिले नियन्त्रणमा रहेको बताए ।

अझै पनि दुई पक्षबीच झडपको सम्भावना रहेको स्थानीयले जानकारी दिए । घटनास्थलमा एक सयभन्दा बढी नेपाल र सशस्त्र प्रहरी परिचालित रहेको छ ।

प्रकाशित : जेष्ठ २१, २०७७ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?