कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

क्वारेन्टाइनमा महिला ल्याएर राखेको भन्दै प्रहरीमाथि कुटपिट

अवधेशकुमार झा

राजविराज — सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ को सकरदहीस्थित विद्यालयमा रहेको क्वारेन्टाइनको सुरक्षार्थ रहेका प्रहरीले महिला ल्याएर कोठामा राखेको भन्दै स्थानीयले कुटपिट गरेका छन् ।

आइतबार राति १० बजे क्वारेन्टाइनभन्दा बाहिर सुरक्षाकर्मी र स्वास्थ्यकर्मी बस्ने कोठामा प्रहरी र अपरिचित महिलालाई देखेपछि स्थानीय युवाहरुले होहल्ला गरेका थिए । सुरक्षाकर्मीको कोठामा महिला कहाँबाट आइन् भन्दै स्थानीयले क्वारेन्टाइन नजिक गलत क्रियाकलाप भइरहेको आरोप लगाएका थिए ।

सो क्रममा स्थानीयले महिलालाई लिएर कोठामा रहेका प्रहरीलाई कुटपिटसमेत गरेका छन् । विवाद बढ्दै गएपछि छुटाउन गएका एकजना स्वास्थ्यकर्मी पनि कुटाइबाट घाइते भएको हनुमाननगर कंकालिनी नगरपालिकाका स्वास्थ्य संयोजक रामदेव यादवले बताए ।

स्रोतका अनुसार उक्त क्वारेन्टाइन सुरक्षार्थ प्रहरी हवलदार रामेश्वर यादवसहित २ जना प्रहरी थिए । उनीहरु दुवैजनालाई राति नै इलाका प्रहरी कार्यालय हनुमाननगर ल्याइएको छ । जिल्ला प्रहरीका डीएसपी तिलक भारतीले घटनाबारे बुझ्ने काम भइरहेको बताए ।

प्रकाशित : जेष्ठ १९, २०७७ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?