२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कर्तव्य ज्यान मुद्दाका फरार २ वर्षपछि पक्राउ

भरत जर्घामगर

सिरहा — कर्तव्य ज्यान मुद्दामा दुई वर्षदेखि फरार रहेका सिरहा मिर्चैया नगरपालिका–१ का एक जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार दुई वर्षअघिको हत्या घटनामा संलग्नमध्ये फरार रहेका मिर्चैया नगरपालिका–१ का इन्दल भन्ने रुपेश यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवमाथि कर्जन्हा नगरपालिका–१० प्रयागपुरका ३६ वर्षीय शशिभूषणप्रसाद साहलाई २०७४ असोज ६ गते घरमै खुकुरीले घाँटी रेटी हत्या गरेको मुद्दा थियो ।

हत्यापछि फरार रहेका यादवलाई सिरहाको सीतापुरस्थित ससुराली घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यसअघि सोही हत्या घटनामा संलग्नमध्ये पक्राउ परेका रामईश्वर कापरीलाई २०७४ पुस २५ गते जिल्ला अदालत सिरहाको आदेशमा कारागार चलान गरिएको थियो ।



प्रकाशित : जेष्ठ १८, २०७७ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?