कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पर्सामा थप ५ जनामा कोरोना संक्रमण

भूषण यादव

वीरगन्ज — पर्साको पटेर्वासुगौली गाउँपालिकाको क्‍वारेन्टाइनमा रहेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पर्सामा थप ५ जनामा कोरोना संक्रमण

नारायणी अस्पतालको पीसीर परीक्षणमा शनिबार साँझ पटेर्वासुगौलीको एक महिलासहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु केही दिनअघि मात्र भारतबाट आएका थिए । गत बिहीबार परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थियो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पटेर्वासुगौली गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । स्वास्थ्य निरीक्षक जयमुद ठाकुरका अनुसार संक्रमण हुनेहरुमा पटेर्वासुगौली गाउँपालिका ५ निचुटाका २२ र २५ वर्षका तीन पुरुष, वडा २ लक्ष्मीपुरका ३६ वर्षीय पुरुष र वडा ४ फरहदवाकी २५ वर्षीय महिला छिन् ।

पटेर्वासुगौली गाउँपालिकाका स्वास्थ्य संयोजक जगरनाथ साहका अनुसार गाउँपालिकाको तीनवटा क्‍वारेन्टाइनमा भारतबाट फर्किएका कूल ५५ जनालाई राखिएको छ । ‘गत बिहीबार सबैको थ्रोट स्वाब संकलन गरिएको थियो,’ उनले भने, ‘जसमध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी आएको छ ।’ शनिबार संक्रमित भएका ५ जनामध्ये निचुटा क्‍वारेन्टाइनका दुई युवालाई पहिले देखिनै ज्वरो आएको उनले जनाए । ‘गत मंगलबार भारतबाट फर्किएर क्‍वारेन्टाइनमा आउँदा नै दुई जनाको स्वास्थ्य खराब थियो,’ स्वास्थ्य प्रमुख साहले भने, चेकजाचका लागि वीरगन्ज पठाएका थियौ, ‘तर, फेरि गाउँमै फर्काइयो ।’

संक्रमितलाई आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको उनले बताए । यसअघि बिहान पर्साकै सखुवाप्रसौनी गाउँपालिकाको क्‍वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : जेष्ठ १७, २०७७ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?