१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

प्रदेश २ मा शनिबार थपिए ५७ जना संक्रमित

अजित तिवारी

जनकपुर — प्रदेश २ मा शनिबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या ५७ थपिएको छ । शनिबार प्रदेश २ का ८ वटै जिल्लामा नयाँ संक्रमित थपिएका हुन् । योसँगै प्रदेश २ मा कोरोना भाइरसको कुल संक्रमितको संख्या ५ सय ५० पुगेको छ ।

प्रदेश २ मा शनिबार थपिए ५७ जना संक्रमित

सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार धनुषामा ७, महोत्तरीमा ४, सिरहामा ११, रौतहटमा ६, सर्लाहीमा १७, सप्तरीमा ९, बारामा १ र पर्सामा २ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले नयाँ संक्रमितहरुको स्वाब परीक्षण टेकुस्थित राष्ट्रिय प्रयोगशाला, नारायणी अस्पताल वीरगन्ज र धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा गरिएको बताए । शनिबार सर्लाहीमा सबभन्दा बढी संक्रमित थपिएका हुन् ।

भारतमा रहेका नेपालीहरु फर्किएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या अन्य प्रदेशको तुलनामा उच्च रहेको छ । शुक्रबार प्रदेश २ मा ९६ र बिहीबार ९३ जना नयाँ संक्रमित थपिएको थियो । लकडाउनयता भारतबाट मात्रै प्रदेश २ मा २० हजार मानिस भित्रिएका छन् ।

सर्लाहीमा १६ देखि ४० वर्षसम्मका सबै संक्रमित १७ जना पुरुष हुन् । सप्तरीमा भने एक महिलासहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : जेष्ठ १७, २०७७ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?