कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सिरहामा दुई प्रहरी हवल्दारमा कोरोना संक्रमण

संक्रमित संख्या ८ पुग्यो
भरत जर्घामगर

सिरहा — जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत दुई प्रहरी हवल्दारमा कोरोना संक्रमण देखिएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८ पुगेको छ । 

सिरहामा दुई प्रहरी हवल्दारमा कोरोना संक्रमण

संक्रमण पुष्टि भएका दुवै जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत रहेको सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । हवल्दार पदका उनीहरु जिल्ला प्रहरी प्रमुखका सवारी चालक र अर्का अंगरक्षक हुन् । संक्रमित उनीहरुको जेठ ६ गते पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो । संक्रमण पुष्टि भएकाहरुलाई धनगढीस्थित महेन्द्र गेनाई कोरोना अस्पतालमा लैजाने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।

यसअघि सिरहाका भगवानपुर गाउँपालिका–४ स्थित एकै वडाका ४ जना, नवराजपुर गाउँपालिका–१ का १८ वर्षीय युवक र सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीका ३० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएकामध्ये भगवानपुर र नवराजपुर गाउँपालिकाका ५ जना भारतबाट र सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीका ३० वर्षीय युवक साउदी अरबबाट आएका थिए । भारतबाट पछिल्लो समय घर आउनेहरुको क्रम बढेकाले संक्रमितको संख्या अझै बढने अनुमान गरिएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?