मुंग्रो प्रहार गरी सर्लाहीमा एक वृद्धको हत्या

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको धनगढामा मंगलबार राति एक वृद्धको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले छोरालाई उनकै पक्राउ गरेको छ ।

बसबरिया गाउँपालिका–५ धनगढाका ७० वर्षीय रामअधिन यादवको मुंग्रो प्रहार गरी हत्या गरिएको हो । आफ्नै आँपको बगैचामा बनाएको गोठमा राति सुतिरहेका बेला उनको मुंग्रो प्रहार गरी हत्या गरिएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । घटनास्थलमै वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुवाको हत्याको आरोपमा प्रहरीले मृतकको कान्छा छोरा ४० वर्षीय विनोद यादवलाई पक्राउ गरेको छ । बुधबार बिहान आफ्नै घरको खाटमुनि लुकेको अवस्थामा रायलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?