कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मध्यराति प्रहरी छिरेर कुटपिट गरेपछि सप्तरीको क्‍वारेन्टाइनमा तनाव

बिहानैदेखि प्रहरीविरुद्ध नाराबाजी, पीडितहरु भोक हड्तालमा
अवधेश झा

काठमाडौँ — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित उच्च माविको क्‍वारेन्टाइनमा तनाव भएको छ । मंगलबार मध्यराति प्रहरीको एक टोली क्‍वारेन्टाइनमा प्रवेश गरी कुटपिट गरेको भन्दै क्‍वारेन्टाइनमा बसेकाहरुले नाराबाजी गरेका छन् । उनीहरुले प्रहरी ज्यादतीविरुद्ध भोक हड्ताल पनि थालेका छन् ।

मध्यराति प्रहरी छिरेर कुटपिट गरेपछि सप्तरीको क्‍वारेन्टाइनमा तनाव

स्थानीय परसाइन प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक संजय सिंह नेतृत्वको प्रहरी टोलीले मध्यरातमा आइ क्‍वारेन्टाइनमा रहेकालाई कुटपिट गरेको आरोप छ । यो क्‍वारेन्टाइनमा १० जना महिलासहित ७३ जना छन् ।

मध्यराति प्रहरीले कोठा कोठामा छिरेर अभद्र व्यवाहार गर्दै कुटपिट गरेको अनु कुमारीले बताइन् । क्‍वारेन्टाइनमै रहेका शिव मुखियाले भने, 'मदिरा सेवन गरेर आएका प्रहरीले बिनाकारण कुटपिट गरे ।' क्‍वारेन्टाइनका इन्चार्ज सन्तोषकुमार सिंहले पनि राति प्रहरी प्रवेश गरी कुटपिट गरेको बताए । पीडितहरुका अनुसार प्रहरीले यहाँ को-को भारतीय छौं सब निस्केर जा‌ओ भन्दै कुटपिट गरेका थिए ।

क्‍वारेन्टाइनमा तनाव भएपछि बुधबार बिहान जिल्ला प्रहरी कार्यालय राजविराजबाट डिएसपी तिलक भारती यहाँ पुगेका छन् । घटनाबारे आफूले बुझिरहेको भारतीले बताए ।

प्रकाशित : जेष्ठ १४, २०७७ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?