३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

भारतबाट फर्किएका भगवानपुरका दाजुभाइमै संक्रमण
भरत जर्घामगर

सिरहा — सिरहामा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भगवानपुर गाउँपालिका–४ का ३६, २६, २९, ३७  वर्षीय पुरुष र नवराजपुर गाउँपालिका–१ का १८ वर्षीय युवकमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले जानकारी दिए । काठमाडौंस्थित प्रयोगशालामा भएको परीक्षणमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले पनि पुष्टि गरेको छ ।

सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

प्रमुख यादवका अनुसार गत जेठ २ गते भारतबाट आएका उनीहरु आ–आफ्नै पालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा बस्दै आएका उनीहरुको जेठ ५ गते पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो । संक्रमण पुष्टि भएका उनीहरुलाई धनगढीस्थित महेन्द्र गेनाई कोरोना अस्पतालमा राखिएको छ । योसँगै जिल्लामा कोरोनाबाट संक्रमितको संख्या ६ पुगेको छ । यसअघि सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीका साउदी अरबबाट आएका ३० वर्षीय युवकमा संक्रमण पुष्टि भएको थियो ।

भगवानपुर गाउँपालिका–४ बिसौलका संक्रमितमध्ये दुई जना दाजुभाइ हुन । भगवानपुर गाउँपालिका अध्यक्ष बेचनप्रसाद यादवका अनुसार संक्रमण पुष्टि भएका ती दाजुभाइ भारतको हरियाणा गुडगाउँबाट घर आएका थिए ।

भारतबाट भित्रिएपछि उनीहरु आफन्तसँग भेटघाट नगरेको र गाउँघर नपसी सोझै क्वारेन्टाइनमा प्रवेश गरेकोले अहिलेको अवस्थामा गाउँ सिल गर्ने अवस्था नआए पनि जिल्ला सुरक्षा समितिको बैठकबाट यसबारे निर्णय गरिने सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए । भारतबाट पछिल्लो समय घर आउनेहरुको क्रम बढेकाले संक्रमितको संख्या अझै बढने अनुमान गरिएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७७ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?