कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

होम आइसोलेसनमा रहेकी गर्भवतीको मृत्यु

स्वाब संकलन र परीक्षणको तयारी
अवधेशकुमार झा

सप्तरी — होम आइसोलेसनमा रहेकी सप्तरीकी एक गर्भवती महिलाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका ११ की २४ वर्षीया ती गर्भवती महिलालाई सोमबार राति  धेरै ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए । 

१० दिन अगाडि नै ती महिलालाई ज्वरो आएको थियो । ज्वरो १००.२ डिग्री आएको र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई गत जेठ ८ गते राजविरा स्थित डा. विनिता यादवको क्लिनकमा उपचारका लागि ल्याइएको थियो ।

स्वास्थ्य प्रमुख यादवका अनुसार उनलाई पिसाबको संक्रमण (यूटीआई) भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम आइसोलेसनमा रहन सल्लाह दिएका थिए ।

२ सन्तानकी आमा ती महिला तेस्रो पटक गर्भवती भएकी थिइन् । कोरोना संक्रमणसित मिल्ने लक्षण देखिएको र होम आइसोलेसनमा रहँदा उनको मृत्यु भएपछि उनको स्वाब लिने तयारी भइरहेको जिल्ला स्वास्थ्य प्रमुख यादवले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १३, २०७७ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?