कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बारामा प्रहरी निरीक्षकसहित २४ जनालाई कोरोना संक्रमण

लक्ष्मी साह

बारा — बारामा सोमबार एकैदिन इन्सपेक्टर (प्रहरी निरीक्षक)सहित २४ जनालाई कोरोना संक्रमण देखिएको छ ।

बारामा प्रहरी निरीक्षकसहित २४ जनालाई कोरोना संक्रमण

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक प्रहरी निरीक्षक,प्रहरी जवान र मुद्दा फाँटमा कार्यरत एक प्रहरी जवानलाई कोरोना संक्रमण देखिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

संक्रमित ती प्रहरी निरीक्षकको कलैया अस्पतालमा गत जेठ ७ मा स्बाब संकलन भएको थियो । नारायणी अस्पतालमा परीक्षणमा शंकास्पद देखिएपछि थप परीक्षणका लागि टेकु अस्पताल पठाइएको थियो । जवानको भने वैशाख ३१ मा कलैया अस्पतालमा स्वाब संकलन भएको थियो ।

सोमबारै स्वास्थ्य मन्त्रालयले बाराकै थप एक जना ३२ वर्षीयमा संक्रमण देखिएको जनाएको थियो । ती संक्रमितको ठेगाना स्पष्ट हुन नसकेको डीएसपी मिश्रले बताए ।

यसैगरी चार दिन अघि महागढीमाई नगरपालिकाको बबुआइन विद्यालयको क्‍वारेन्टाइनमा रहेका ४२ मध्ये ३० जनाको स्वाब परीक्षण गर्दा २१ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । १८ वर्षदेखि ५० वर्ष उमेरका ती सबै संक्रमित एक साता अघि भारतको विभिन्न ठाउँबाट आएका हुन् ।

‘सबैलाई सीमाबाटै एम्बुलेन्समा ल्याएर सिधैं क्‍वारेन्टाइनमा पुर्याइएको थियो,’ महागढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीजय कुसवाहाले भने, ‘सबै जनाको हेटौंडास्थित कीटजन्य अनुसन्धान तथा प्रयोगशालामा परिक्षण भएको थियो ।’

जिल्लामा एक प्रहरी निरीक्षक, एक प्रहरी नायब निरीक्षक, हवल्दार र जवान गरी ७ जना प्रहरी, एक जना रेडियोकर्मी र सर्वसाधारण गरी ४० जना संक्रमित भइसकेका छन् । जसमध्ये २ जना संक्रमित नारायणी अस्पताल वीरगन्जबाट निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित : जेष्ठ १२, २०७७ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?