२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

महोत्तरीमा प्रहरी र लागूऔषध कारोबारीबीच झडप, प्रहरीको गोली लागी १ को मृत्यु

सुनिता बराल

महोत्तरी — महोत्तरीमा प्रहरी र लागूऔषध कारोबारीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएका प्रहरी र लागूऔषध कारोबारीबीच आइतबार राति झडप भएको हो ।

महोत्तरीमा प्रहरी र लागूऔषध कारोबारीबीच झडप, प्रहरीको गोली लागी १ को मृत्यु

झडपमा प्रहरीको गोली लागेर रामगोपालपुर ७ सहसौलाका १६ वर्षीय राजन यादवको मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकरी दिए । लागूऔषध कारोबारीले प्रहरीमाथि आक्रमण सुरु गरेपछि गोली चलाउन बाध्य भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीले ६ राउण्ड गोली प्रहार गरेको थियो ।

'लागूऔषध कारोबारीले आक्रमण सुरु गरेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा घाइते भएका राजनको उपचारको क्रममा मृत्यु भएको हो', एसपी अधिकारीले भने ।

झडपमा घाइते भएका ४ प्रहरीलाई थप उपचारका लागि जनकपुर लगिएको छ । प्रहरीले घटनास्थलबाट लागूऔषध कारोबारी भनिएका ससौलाको २७ वर्षीय राहुल यादव र मृतक राउतका बुबा ५० वर्षीय सुरेन्द्र यादवलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध 'नाइट्रोभेट' समेत बरामद गरेको छ ।


प्रकाशित : जेष्ठ १२, २०७७ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?