कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सप्तरीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

अवधेशकुमार झा

सप्तरी — सप्तरीमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डाकनेश्वरी नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ८ का २२ र ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए ।

सप्तरीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

गत जेठ २ गते भारतबाट आएका उनीहरु आफनै पालिकाको क्वारेन्टाइनमा बस्दै आएको यादवले बताए । संक्रमण पुष्टि भएपछि उनीहरुलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइँदै छ । योसँगै जिल्लामा कोरोनाबाट संक्रमितको संख्या ४ पुगेको छ ।

यसअघि जिल्लाका डाकनेश्वरी नगरपालिका र बलान बिहुल गाउँपालिकामा एक–एक जनामा कोरोना संक्रमणको पुुष्टि भएको थियो । जिल्ला स्वास्थ्य प्रमुख यादवका अनुसार भारतबाट पछिल्लो समय आउनेहरुको क्रम बढेकोले संक्रमितको संख्या अझै बढने अनुमान गरिएको छ । अहिले १ सय ८० जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।

यसैबीच अब राजविराजमै पीसीआर परीक्षण हुने भएको छ । प्रदेश सरकारले राजविराजमा पीसीआर प्रविधिबाट परीक्षण गर्ने मेसिन उपलब्ध गराएको र एक दुई दिनमा जडान गरिएपछि स्थानीयस्तरमै स्वाब परीक्षण हुने गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख डा. चुमनलाल दासले बताए ।

प्रकाशित : जेष्ठ १२, २०७७ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?