आइसोलेसन कक्षमा बेड नहुँदा संक्रमित क्‍वारेन्टाइनमै 

ओमप्रकाश ठाकुर

सर्लाही — जनकपुर तथा वीरगन्‍जको आइसोलेसन कक्षमा बेड अभाव भएपछि सर्लाहीका संक्रमितलाई क्‍वारेन्टाइनमै राखिएको छ । प्रादेशिक अस्पताल जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज तथा गण्डक अस्पतालको आइसोलेसन कक्षमा बेड अभाव भएपछि सर्लाहीमा पुष्टि भएका संक्रमित शनिबार अपराह्नसम्म क्‍वारेन्टाइनमै बसेका छन् । 

आइसोलेसन कक्षमा बेड नहुँदा संक्रमित क्‍वारेन्टाइनमै 

जिल्लाको गोडैता नगरपालिकामा शनिबार १२ तथा कविलासी नगरपालिकामा १ गरी १३ जनामा संक्रमण पुष्टि भएको छ । गोडैतामा कोरोना पुष्टि भएकाहरु शनिबार अपराह्‍नसम्म क्‍वारेन्टाइनमै छन् भने कविलासीका संक्रमितलाई काठमाडौं पुर्‍याइएको छ । उनीहरु सबै केही दिनअघि भारतबाट घर फर्केका हुन् ।

संक्रमितलाई जनकपुर तथा वीरगन्‍ज पठाउने तयारी गरिए बेड अभाव र उनीहरुले नमानेपछि अहिलेसम्म क्‍वारेन्टाइनमै राख्नु परेको गोडैताका मेयर देवेन्द्र यादवले जानकारी दिए । उनका अनुसार सदरमुकाम मलंगवामै आइसोलेसन कक्ष बनाउने तयारी गरिएको छ ।

मलंगवा नगरपालिका–२ मा रहेको नर्सिङ कलेजमा ५० बेड क्षमताको आइसोलेसन कक्ष बनाउन थालिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । उनले आइसोलेसन कक्ष तयार भएपछि संक्रमितलाई जिल्लामै तयार गरिएको आइसोलेसन कक्षमा ल्याएर राखिने बताए ।

प्रकाशित : जेष्ठ १०, २०७७ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?