कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सर्लाहीमा संक्रमितको संख्या ३३ पुग्यो

काठमाडौंमा उपचाररत दुर्घटनाका घाइते युवकमा पनि संक्रमण
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीमा थप १३ जनामा कोरोना भइरस संक्रमण भएको पुष्टि भएको छ । जिल्लाको गोडैता नगरपालिकामा १२ तथा कविलासी नगरपालिकामा १ गरी १३ जनामा संक्रमण पुष्टि भएको हो । योसहित जिल्लामा संक्रमितको संख्या ३३ पुगेको छ । 

सर्लाहीमा संक्रमितको संख्या ३३ पुग्यो

उनीहरु सबै केही दिनअघि भारतबाट घर फर्केका हुन् । गोडैताका १२ जना संक्रमित स्थानीय तहको क्वरेन्टाइनमा बसेका छन् । उनीहरुको गत मंगलबार स्वाब संकलन गरी काडमाडौं पठाइएको थियो । कविलासीका एक जना भारतबाट फर्किने क्रममा दुर्घटनामा परेपछि उपचारको क्रममा काठमाडौंमा चेक गराउँदा पोजिटिभ देखिएको हो । शुक्रबार मात्र गोडैताको क्वरेन्टाइनमा बसेका १३ जना र रामनगरको क्वरेन्टाइनमा बसेको एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो समय भारतबाट मजदुरी गरेर नेपाल फर्केका मजदुरहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । खुला सीमाका कारण भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्न थालेपछि स्थानीय तहहरुले आ–आफ्ना नागरिकलाई ल्याएर क्वारेन्टाइनमा राख्दै आएको छ ।

गत मंगलवार क्वारेन्टाइनमा बस्दै आएका गोडैताका ८१ जना र रामनगरका ५ जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो । जसमध्ये हालसम्म गोडैताका २५ जना र रामनगरका १ जनामा कोरोना संक्रमण पुष्टि भए पनि अन्यको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताए । संक्रमितहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दुर्घटनामा परेर काठमाडौं चेक गराउँदा कोरोना पोजिटिभ देखिएको कविलासीका पुरुषसँगै आएका अन्य ४० जना स्थानीय तहको क्वारेन्टाइनमा बसिरहेका छन् । सीमामा अझै पनि ठूलो संख्यामा भारतबाट फर्केका मजदुरहरु बसिरहे पनि स्थानीय तहले क्वारेन्टाइनको व्यवस्थापन गर्न नसक्दा उनीहरुलाई ल्याउन सकेका छैनन् ।

प्रकाशित : जेष्ठ १०, २०७७ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?