वृद्धको खुट्टा भाँच्‍ने प्रहरी प्रदेश तानिए

भूषण यादव

वीरगन्ज — दूध लिन आएका वृद्धमाथि लाठी प्रहार गर्ने प्रहरी सहायक निरीक्षक (असई) लाई अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरमा झिकाइएको छ ।

वृद्धको खुट्टा भाँच्‍ने प्रहरी प्रदेश तानिए

आइतबार बिहान २ जना नातिनीका लागि दूध लिन जाँदा असई लालबाबु साहको लाठी प्रहारले वीरगन्ज महानगरपालिका १६का ६७ वर्षीय नागेन्द्र पटेलको दाहिने खुट्टा भाँचिएको थियो ।

प्रहरीको आदेश मानेर फर्किने क्रममा पछाडिबाट हिर्काएको लाठीले पटेलको खुट्टा भाँचिएको उजागर भएपछि प्रदेश २ का प्रहरी कार्यालयले असई साहलाई जनकपुर झिकाएर अनुसन्धान थालेको छ । प्रदेश २ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले प्रारम्भिक अनुसन्धानमा असई लालबाबु साहले कुटपिट गरेको पाइएको बताए ।

‘वृद्धमाथि दुर्व्यवहार गरेको समाचार उजागर भएपछि असईलाई अनुसन्धानका लागि तानिएको हो,’ डीआईजी सिंहले भने, ‘प्रारम्भीक अनुसन्धानमा असईले कुटपिट गरेको पाइएको छ । कारबाही प्रक्रिया सुरु भइसकेको छ ।’अन्य प्रहरीलाई पनि संयमित रहन डीआईजी सिंहले निर्देशन दिएका छन् ।

असई साह वीरगन्जको नयाँ बसपार्क अस्थायी प्रहरी चौकीमा कार्यरत थिए ।

यो पनि पढ्नुहोस्ः

नातिनीलाई दूध लिन गएका हजुरबामाथि प्रहरीको लाठी, खुट्टा भाँच्चियो

प्रकाशित : जेष्ठ ६, २०७७ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?