कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बारामा एक पत्रकारमा कोरोना संक्रमण

लक्ष्मी साह

बारा — बाराको कलैयामा रहेको एक एफएम रेडियोमा कार्यरत ३८ बर्षीय पुरुष पत्रकारमा सोमबार कोरोना पोजेटिभ देखिएको छ । बाराकै करैयामाई गाउँपालिका–५ तेतरीया निवासी पत्रकारले आफूलाई एकसाता अघि ज्वरो र सुख्खा खोकी लागेपछि तातोपानी खाँदै घरमै एक्लै बस्दै आएको बताए । 

बारामा एक पत्रकारमा कोरोना संक्रमण

‘परिवारबाट अलग्गै बस्थें, घरेलु औषधिसहित नजिकैको करैयामाई स्वास्थ्य चौकीबाट एन्टिबायोटिक र एलर्जीको औषधि खाएको थिएँ,’ उनले भने, ‘कमजोरी महसुस हुँदै जाँदा स्वास्थ्यकर्मीको सल्लाहमा चिनी जाँचसमेत गराएँ, सोमबार कोरोना पोजेटिभको रिपोर्ट आयो । यो सिलसिला दुई सातादेखि चल्दै आएको थियो । रिपोर्ट आउनुअघि नै कोरोना लागेको महसुस भइसकेको थियो ।’ तातो पानी र घरेलु औषधि खाँदा राहत महसुस हुँदै आइरहेको उनले बताए । उनलाई स्थानीय प्रशासनले सम्पर्कमा ल्याएर कलैया अस्पतालको आइसोलेसनमा राखेको छ ।

उनको परिवारलाई भने गाउँकै क्वारेन्टाइन लगिएको छ । अस्वस्थ्य हुनुअघि आफ्नो परिवारलाई गाउँका छिमेकीले घरेलु विवादमा कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालय कलैयाको मुद्दा फाँटमा आफू बैशाख १८ देखि ३१ गतेसम्म पटकपटक गएको संक्रमित पत्रकारले टेलिफोनमा बताए । गत शनिबार ती प्रहरी कार्यालयका एक प्रहरी जवानमा कोरानो पोजेटिभ देखिएको थियो । पत्रकारको गत शुक्रबार कलैया अस्पतालमा स्वाबको नमुना संकलन गरिएको थियो । उनीसितै ४२ जना पत्रकारकोसमेत स्वाब संकलन गरिएकोमा टेकु अस्पतालमा परिक्षणपछि एक जनाबाहेक सबैको निगेटिभ देखाएको छ । जिल्लामा एक प्रहरी, एक पत्रकार र तीन जना सर्वसाधारण गरी पाँचजनामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७७ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?