कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

संक्रमितको सम्पर्कमा आएकाको रिपोर्ट नेगेटिभ

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको हरिपुर्वा नगरपालिका र रामनगर गाउँपालिकाबाट संकलन गरिएको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । ५१ जनामध्ये ४९ जनाको स्वाब परीक्षणमा नेगेटिभ आएको छ । दुईजनाको स्वाब पर्याप्त मात्रामा नपुगेकाले रिपोर्ट आएको छैन ।

संक्रमितको सम्पर्कमा आएकाको रिपोर्ट नेगेटिभ

हरिपुर्वा नगरपालिका–३ धनकौलमा गत मंगलबार एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएपछि उनका आफन्तसँगै सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरिएको थियो ।

जसमध्ये २८ जनाको परीक्षण सोमबार नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । उनले दुईजनाको स्वाबको मात्रा नपुगेकाले उनीहरुको रिपोर्ट आउन नसकेको जनाए ।

गत मंगलबार ती पुरुषमा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि बुधबार संकलन गरिएको स्वाब परीक्षणका लागि जनकपुर प्रादेशिक अस्पतालमा पठाएपनि त्यहाँबाट टेकु पठाउँदा रिपोर्ट आउन ढिला भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै, रामनगर गाउँपालिका–४ बौहर्वा घर भई काठमाडौं बस्दै आएकी एक युवतीमा गत शनिबार कोरोना पोजिटिभ भएको पुष्टि भएपछि उनका आफन्तसहित क्‍वारेन्टाइनमा राखिएका २१ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरुको परिक्षणको रिपोर्ट पनि नेगेटिभ आएको प्रजिअ जिसीले बताए । संक्रमण पुष्टि भएकी ती युवती दुई साता अघि मात्र मोटरसाइकलमा काठमाडौं गएकी थिइन् ।

जिल्लामा अहिलेसम्म तीन जनामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?