संक्रमण रोकथाम गर्न ७८ लाखको स्वास्थ्य सामाग्री

लक्ष्मी साह

बारा — कारोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उदेश्यले दातृ निकाय युनिसेफले प्रदेश २ का अस्पतालहरुलाई ठुलो मात्रामा सरसफाई तथा स्वास्थ्य सामाग्री शुक्रबार उपलब्ध गराएको छ ।

संक्रमण रोकथाम गर्न ७८ लाखको स्वास्थ्य सामाग्री

कारोना नियन्त्रणको रोकथाममा अग्रभागमा सेवा दिइरहेका स्वास्थ्य तथा सरसफाईकर्मीहरुलाई बुटदेखि बेसिनसम्मको सहयोग उपलब्ध गराएको हो । अस्पतालहरुमा त्यस्ता सामाग्रीहरुको अभाव भइरहँदा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले त्यस्ता सामाग्री दिएर सहयोग गरेका हुन् ।

सप्तरीदेखि पर्सासम्मका ८ जिल्लाका १३ वटा सरकारी तथा सामुदायिक अस्पताललाई स्थानीय सेवाप्रदायक संस्था मार्फत १३ प्रकारका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको जनजागरण युवा संस्थाका अध्यक्ष भैयाराम यादवले जानकारी दिए । ‘अस्पतालमा स्वास्थ्यकर्मीलाई हात धुने व्यवस्थित बेसिन थिएन, बुट थिएन, अब यो सामान उपलब्ध भएपछि सहयोग मिलेको छ,’ कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेड वीरेन्द्र मण्डलले भने ।

युनिसेफअन्तर्गत सञ्चालित खानेपानी तथा सरसफाई कार्यक्रम प्रदेश २ का प्रमुख बोधनारायण श्रेष्ठकाअनुसार भारतीय सीमासित जोडिएका प्रदेशका कोरोना जोखिम जिल्लाहरुमा एकातिर संक्रमण बढ्दै जानु र अर्कोतिर स्वास्थ्य सामाग्री अभाव रहेकोले त्यसको पुर्तिका लागि सहयोग गरिएको छ ।

‘यसले कोभिड–१९ रोगको उपचारमा मद्दत पुर्‍याउन र कोरोनासितको लडाईमा सहयोग मिल्ने विश्वास छ,’ उनले भने, ‘७८ लाख बराबरको संक्रमण रोकथाम तथा नियन्त्रण सामाग्री उपलब्ध गराइएको छ ।’

प्रकाशित : जेष्ठ २, २०७७ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?