१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दुई संक्रमितको सम्पर्कका ७८ जनाको रिपोर्ट निगेटिभ

लक्ष्मी साह

बारा — ‘कन्ट्याक्ट ट्रेसिङ’का आधारमा गत वैशाख १४ मा फेला परेका दुई जना कोरोना संक्रमितको सम्पर्कमा आएका ७८ जनाको पीसीआर रिपोर्ट निगेटिभ आएको छ ।

दुई संक्रमितको सम्पर्कका ७८ जनाको रिपोर्ट निगेटिभ

जीतपुर सिमरा–७ का ४३ वर्षीय र सिम्रौनगढ–४ घर भई जीतपुर सिमरा–१९ इनर्वासिरामा मस्जिदमा बस्दै आएका ३३ वर्षीयमा कोराना संक्रमण पाइएपछि उनीहरूको सम्पर्कमा रहेकाहरूको पनि परीक्षण गरिएको थियो ।

दुवै जनाको परिवारसहित ७ जना र सम्पर्कमा आएका अरू सबैको स्वाब परीक्षणको रिपोर्ट निगेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । जिल्लामा फेला परेका ती दुवै संक्रमित कोभिड अस्पताल वीरगन्जमा उपचाररत छन् । यी दुईबाहेक जिल्लामा अरू संक्रमित नभेटिएको प्रजिअ पण्डितले बताए ।

४३ वर्षीय संक्रमित बजारलगायत जीतपुरको एक बैंकमा पटकपटक पुगेका थिए । दुवै संक्रमित सप्तरी र भारतको दिल्लीमा भएको इस्लामिक धार्मिक सम्मेलनमा सहभागी भएर फर्किएका थिए । नेपाल फर्किएको ४९ दिनपछि दुवैमा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : वैशाख २८, २०७७ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?