२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

हुरीले उडाएको जस्ताले काटिँदा युवाको मृत्यु

ओमप्रकाश ठाकुर

सर्लाही — हावाहुरीले सोमबार दिउँसो आफ्नै घरको जस्ताको छाना उडाएर काटिँदा सर्लाही बिनगरामा एक युवाको मृत्यु भएको छ । कविलासी नगरपालिका–३ बिनगराका १९ वर्षीय राजेश यादवको जस्ताले काटिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोमबार अचानक आएको हावाहुरीले यादवको दुईतले घरको छाना उडाएको थियो । घरमै लुकेर बसेका यादवको टाउको, घाँटी तथा बायाँ पाखुरा काटिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । गत वर्ष रामनगरमा हावाहुरीमा उडाएको छानाको किला टाउकोमा गाडीएर एक जनाको मृत्यु भएको थियो ।

यस्तै हरिवनस्थित कैलाशपुरी जंगलमा रुखको हाँगामा च्यापिएर हरिवन नगरपालिका–१ का नारायण श्रेष्ठको मृत्यु भएको छ । सोमबार बिहान घाँस झार्न रुखमा चढेका श्रेष्ठ हाँगामा च्यापिएका थिए । रुखको हाँगामा च्यापिएर सख्त घाइते भएका श्रेष्ठलाई उपचारका लागि नमुना अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।


प्रकाशित : वैशाख २२, २०७७ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?