कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वीरगन्जमा दुई जनामा कोरोना आशंका, नारायणी अस्पतालको आइसोलेसनमा ल्याइयो

भुषण यादव

काठमाडौँ — वीरगन्ज महानगरपालिका छपकैयाँका थप दुईजनामा कोरोना संक्रमणको आशंका गरिएको छ । छपकैयाँको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको नारायणी अस्पताल स्रोतले बताएको छ । 

वीरगन्जमा दुई जनामा कोरोना आशंका, नारायणी अस्पतालको आइसोलेसनमा ल्याइयो

दुवैजनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ । यीमध्ये एकजना महानगरका सफाइ कर्मचारी हुन् । अर्का व्यक्तिलाई सिद्धार्थ मावीको क्वारेन्टाइनबाट आइसोलेसनमा ल्याइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

अस्पतालबाट आजै चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको थियो, जसमा तीनजना जमाती थिए ।

शनिबार १ सय ८७ जनाको स्वाब पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएको र थियो । अहिले छपकैयाँ क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

शनिबार हेटौंडामा गरिएको परीक्षणमा लगातार दोस्रोपटक नेगेटिभ देखिएपछि पहिले नै भर्ना भएका चारजनालाई अस्पतालले आजै डिस्चार्ज गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित : वैशाख १४, २०७७ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?