१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

लकडाउन उल्लंघन गर्दै सरकारविरुद्ध प्रदर्शन

भरत जर्घामगर

सिरहा — लकडाउन उल्लंघन गर्दै पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानस्थित मुख्य चौकमा शुक्रबार नेविसंघका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । 

लकडाउन उल्लंघन गर्दै सरकारविरुद्ध प्रदर्शन

सरकारको पछिल्लो कदम निरंकुशतातर्फ अग्रसर भएको भन्दै त्यसको बिरोधमा उनीहरुले हातमा कालो झन्डा र प्लेकार्ड बोकी प्रदर्शन गरेका हुन् । नेविसंघका पूर्वउपाध्यक्ष सञ्‍जय यादवको नेतृत्वमा प्रदर्शन भएको थियो । संघका पूर्वउपाध्यक्ष यादवले सामाजिक दूरी कायम गरी प्रदर्शन गरिएको र लकडाउन उल्लंघन नगरेको दाबी गरे । उनीहरुले राजमार्गमा केहीबेर र्‍यालीसमेत निकाले ।


सरकारले 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७' ल्याएको थियो । जुन अध्यादेशहरु चौतर्फी विरोध थेग्‍न नसकेर शुक्रबार सरकारले फिर्ता लिने निर्णय गरेको थियो । सरकारले ती अध्यादेशहरु खारेज गर्न सिफारिस पठाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गरेकी छिन् ।

प्रकाशित : वैशाख १२, २०७७ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?