कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्टी एकीकरणको खुशीयालीमा लकडाउनमा दीपावली

अवधेश झा

काठमाडौँ — राजपा र समाजवादी पार्टीबीच एकता भई जनता समाजवादी पार्टी निर्माण भएकोमा दुवै पार्टीका कार्यकताले सप्तारीको राजविराजमा खुशीयाली मनाएका छन् । 

पार्टी एकीकरणको खुशीयालीमा लकडाउनमा दीपावली

राजविराजको गजेन्द्र चोक र जनआन्दोलन चोकमा मैनबत्ती बाली दीपावली गरिएको हो । लकडाउनका बाबजुद दीपावलीमा राजपा र समाजवादीका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताको सहभागिता थियो । पार्टी एकताले मधेसी जनताको अधिकार सुनिश्चित हुने भन्दै खुशीयाली मनाइएको दिपावलीमा सहभागी एक नेताले बताए । दीपावलीमा राजविराजका मेयर शम्भु यादव तथा तिलाठी गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधि पनि सहभागी थिए ।

कार्यकर्ताले खुशी भएर दीपावली गरेको तर सामाजिक दूरी कायम राखिएको नेता मनिष सुमनले बताए । 'फोटो खिच्ने बेलामा चाहिँ दूरी कायम भएन । नत्र दुरी कायम गरेरै खुशीयाली मनाइएको हो,' उनले भने ।

प्रकाशित : वैशाख ११, २०७७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?