२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मुख्यमन्त्रीद्वारा कोरोना महामारी व्यवस्थापन सम्बन्धी सेनाको तयारी अवलोकन 

सन्तोष सिंह

जनकपुरधाम — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस महामारीको रुप लिए त्यसबाट उत्पन्न हुन सक्ने परिस्थिति व्यवस्थापनका लागि नेपाली सेना मध्यपूर्व पृतनाले गरेको तयारी सम्बन्धी प्रदर्शनी अवलोकन गरेका छन् ।

मुख्यमन्त्रीद्वारा कोरोना महामारी व्यवस्थापन सम्बन्धी सेनाको तयारी अवलोकन 

मध्यपूर्व पृतनाले धनुषाको महेन्द्रनगरस्थित गणमा गरेको प्रदर्शनीको अवलोकन गर्दै मुख्यमन्त्री राउतले सेनाको तयारीबारे आवश्यक जानकारी प्राप्त भएको र यसले अन्य सुरक्षा निकाय र स्वयंसेवी संस्थालाई समेत लाभ पुर्‍याउने विश्वास व्यक्त गरे ।

सेनाले कोरोना संक्रमितको पहिचानदेखि अस्पताल पुर्‍याउने र मृत्यु भएपछिको अवस्थामा शव व्यवस्थापनसम्मको तयारीबारे प्रदर्शनी गरेको थियो ।

प्रदर्शनीमा व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले प्रयोग गर्ने पीपीईदेखि शव व्यवस्थापनमा अपनाइने अन्य उपायहरुबारे समेत जानकारी गराएका थिए ।

मध्यपूर्व पृतनाका पृतनापति सुरेशकुमार कार्कीको अध्यक्षतामा भएको प्रदर्शनीमा मुख्यमन्त्री राउतका अतिरिक्त प्रदेश प्रहरी प्रमुख पद्युमनकुमार कार्की, सशस्त्र प्रहरीका डीआईजी, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी, प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट लगायतका चिकित्सकहरुको उपस्थिति थियो ।

प्रकाशित : वैशाख ७, २०७७ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?