१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

'टुँडिखेलमा सेफ हाउस बनाइयोस्'

अवधेशकुमार झा

राजविराज — राष्ट्रिय सभामा राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलका नेता शेखरकुमार सिंहले राजधानीमा अलपत्र परेका मजदुर र नागरिकका लागि टुँडिखेलमा खाने बस्ने व्यवस्थासहित सेफ हाउसको व्यवस्थापन मिलाउन माग गरेका छन् । 

'टुँडिखेलमा सेफ हाउस बनाइयोस्'

संसदीय दलका नेता सिंहले राष्ट्रिय सभाका अध्यक्षलाई ध्यानाकर्षण पत्र पठाउँदै काठमाडौं उपत्यकामा रहेका मजदुरहरु कोबिड १९ भन्दा पनि भोकमरीबाट मर्ने अवस्था उत्पन्न भएको हुँदा घर पठाउन नसकिए खानेबस्ने व्यवस्थासहित टुँडिखेलमा सेफ हाउस बनाउनुपर्ने माग गरेका हुन् ।

काठमाडौंबाट घरतर्फ हिँडेका व्यक्ति र मजदुरहरु अझै पनि हजारौंको संख्यामा रहेको हुँदा उनीहरुको घर जाने व्यवस्था यथाशीघ्र मिलाउन नेपाल सरकारसँग माग गरेका छन् । पत्रमा उनले काठमाडौंमा रहेका सप्तरीसहित प्रदेश २ का सबै जिल्लाका व्यक्ति र मजदुरहरुलाई सम्बन्धित पालिकाको खर्चमा घर जानका लागि नेपाल सरकारले व्यवस्था मिलाउनुपर्ने, पालिका पुगिइसकेपछि क्‍वारेन्टाइनमा राख्नुपर्ने भए उक्त व्यवस्था मिलाउन आवश्यक रहेको नेता सिंहले माग गरेका छन् ।

प्रकाशित : वैशाख ५, २०७७ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?