१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कतार एयरबाट आएका युवक एक महिना पछि क्‍वारेन्टाइनमा

–वडाअध्यक्ष रहेका उनका दाजुले नै घरमा लुकाएर राखेका थिए
शिव पुरी

(रौतहट) — कतारबाट आएर घरमै लुकेर बसेको अवस्थामा बिहिबार चन्द्रपुर नगरपालिका १ स्थित वाग्मतीका एक युवकलाइ प्रहरीसहितको चिकित्सक टोलीले क्‍वारेन्टाइनमा ल्याएको छ ।

उनी चढेको एयरबेजका केही नेपालीमा कारोनाको संक्रमण देखिएको थियो । उनको र्‍यापिड टेष्टमा नेगेटिभ देखिए पनि चन्द्रनिगाहपुरस्थित महिला फुटबल एकेडेमीको क्‍वारेन्टाइन ल्याइएको हो । ती युवकलाई वडाअध्यक्ष समेत रहेका आफ्नै दाजुले घरमा लुकाएर राखेको प्रहरीले जनाएको छ ।

कतार एयबेजको फ्लाइट क्यूआर ६४४ बाट गत चैत ४ मा नेपाल आएका ती युवक एक महिना देखि घरमै लुकेर बसेका थिए । उक्त फ्लाइटबाट आएकाको अवस्था पत्ता लगाउने क्रममा प्रहरीले युवक बारे थाहा पाएको हो ।

उनको सुटुक्क परीक्षण गर्न वडाअध्यक्ष दाजुले चन्द्रपुरबाट चिकित्सक लैजान लागेका थिए । यसको जानकारी इलाका प्रहरी चन्द्रनिगाहपुरले थाहा पाए पछि चिकित्सक र प्रहरीको टोली सांझ घरै पुगेर र्‍यापिड टेष्ट गरेको थियो । टेष्टमा नेगेटिभ आए पनि उनलाई क्‍वारेन्टाइनमा ल्याएका हुन् । उनको युवकको स्वाब गरिने जनाएका छन् ।

जनप्रतिनिधिले नै घरमा लुकाएर राखेको भन्दै वडाअध्यक्षको आलोचना भएको छ । ईलाका प्रहरीका डिएसपी हेमबहादुर शाहीले जनप्रतिनिधि आफैले सूचना दिनुपर्नेमा भाइलाई लुकाएर राखेको बताए । ‘अवस्था जस्तो सुकै भए पनि जनप्रतिनिधिको दायित्व बिर्सेर सबैलाई झुक्याउने काम गरे,’ उनले भने ।

कतार एयरबेजमै आएका रौतहटको साबिक रंगपुरका अर्का युवकको पनि प्रहरीले खोजी गरिरहेको छ । रोजगारीका कतार गएका उनीहरु त्यहाबाट घर आएर लुकेर बसे पनि प्रहरीले खोजतलासका लागि पत्राचार समेत गरेको थियो ।

प्रकाशित : वैशाख ४, २०७७ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?