कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सीमामा झडप, एक सशस्त्र प्रहरी जवान घाइते

भरत जर्घामगर

सिरहा — नेपाल प्रवेश गरेका एक भारतीय नागरिकलाई सीमामा खटिएका सुरक्षा बलले रोक्ने क्रममा सोमबार सिरहा नगरपालिका-१९ सोहर्वास्थित नाकामा झडप भएको छ ।

झडपका क्रममा एक जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् भने एक भारतीयलाई सशस्त्रले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी हेडक्वार्टर ७ नम्बर गणका प्रमुख एसपी प्रविण कँडेलका अनुसार साइकलमा ५ पोका ल्याक्टोजिन दूध बोकेर सोमबार बिहान ११ बजे नेपाल प्रवेश गरेका भारत बिहार महुलियाका राजेन्द्रकुमार यादवलाई सीमामा तैनाथ सुरक्षाकर्मीले रोकेर घरतर्फ फर्काएका थिए । यादव फर्किएको केहीबेरमै महुलियाबाट १८–२० जनाको समूहमा आएका व्यक्तिहरुले नेपाल–भारत सीमाभन्दा दुई सय मिटर वर नेपालतर्फ प्रवेश गरी सीमामा तैनाथ सुरक्षाकर्मीमाथि ढुंगा प्रहार भएको एसपी कँडेलले जानकारी दिए ।

ढुंगा प्रहारबाट सशस्त्र प्रहरी जवान राजनकुमार चौधरी घाइते भएका छन् । उनको सिरहा अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको छ ।

सुरक्षाकर्मीले भारत महुलियाका मोहनकुमार यादवलाई नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा रहेका यादव भारतीय सीमा सुरक्षा बल ६२७ बटालियन सिलिगुडिमा कार्यरत रहेको खुलेको एसपी कँडेलले जानकारी दिए । उनी राजेन्द्रकुमारका छोरा हुन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईंले घटनाका बारेमा थप अनुसन्‍धान भइरहेको बताए ।

प्रकाशित : वैशाख १, २०७७ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?