कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्सामा २ सय ४६ जना क्‍वारेन्टाइनमा, ५ जनाको उपचार हुँदै

पर्सा — जिल्लाका विभिन्न स्थानमा तयार पारिएको क्वारेन्टाइनमा बस्नेको संख्या २ सय ४६ जना पुगेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगन्ज महानगरको क्वारेन्टाइनमा ७, पटेर्वासुगौली गाउँपालिकाको क्वारेन्टाइनमा ९, जिराभवानी गाउँपालिकाको क्वारेन्टाइनमा १४, पोखरिया नगरपालिकाको क्वारेन्टाइनमा ९, छिपहरमाई गाउँपालिकाको क्वारेन्टाइनमा ११, पहामैनपुर गाउँपालिकाको क्वारेन्टाइनमा ५, धोबिनी गाउँपालिकाको क्वारेन्टाइनमा ६, कालिकामाई गाउँपालिकाको क्वारेन्टाइनमा ६ जना र बिन्दवासिनी गाउँपालिकाको क्वारेन्टाइनमा २ जना रहेका छन् ।


यता वीरगन्जस्थित ठाकुरराम क्याम्पसको क्वारेन्टाइनमा राखिएका भारतीयहरुको संख्या १ सय ७७ रहेको छ। ती मध्ये एक जना महिला छन् । उनीहरु नेपालको विभिन्न जिल्लामा रोजगारीमा रहेको र भारत फर्कने क्रममा वीरगन्जबाट पक्राउ परेका हुन्। त्यसैगरी होम क्वारेन्टाइनमा बस्नेको संख्या ३७ रहेको छ ।


हाल नारायणी अस्पतालको आइसोलेसनमा ५ जनाको उपचार भइरहेको छ ।

प्रकाशित : चैत्र २५, २०७६ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?