कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाल सुधारगृहबाट ४० र कारागारबाट ३० जना छुटे

शंकर आचार्य

पर्सा — वीरगन्जस्थित बाल सुधारगृहबाट ४० बालक र वीरगन्ज कारागारबाट ३० कैदी छुटेका छन्। कोरोना भाइरसको जोखिम कम गर्न भीडभाड घटाउने सरकारी नीतिअनुरुप उनीहरुलाई रिहा गरिएको हो।

सुधारगृह प्रमुख टीकाकृष्ण काफ्लेका अनुसार सोमबारसम्ममा ४० बालक छुटेका छन्। अन्य बालकलाई छुटाएर लैजान अभिभावकले सम्बन्धित अदालतमा निवेदन दिए पनि लकडाउनका कारण उनीहरु आउन नसकेको उनको अनुमान छ। अब गृहमा ६५ बालक आश्रित छन्। गृहका बालकहरुलाई अभिभावकको जिम्मा लगाई तारेखमा छाडिएको हो।

यस्तै, वीरगन्ज कारागारबाट सोमबारसम्म ३० कैदी छुटेका छन्। तीमध्ये एक भारतीय नागरिक न्। जेलर श्रवणकुमार पोखरेलका अनुसार रिहाइको माग गर्दै ४९ वटा निवेदन परेको थियो।

एक वर्षभन्दा कम कैद सजाय पाएका नसुकै मुद्दाका कैदीला अदालतको आदेशमा छोड्ने गरिएको यस्ता कैदी छुट्नका लागि कैदबाहेक जरिवाना बुझाएको हुनुपर्ने जेलर पोखरेलले बताए। 'बाँकी दैनिक सय रुपैयाँको दरले दिन गन्ती गरी जरिवाना रकम बुझाएर मुक्त हुन पाउछन्,’ उनले भने, ‘तर यसरी छुट्ने कैदी पटके अपराधी पनि हुनु हुँदैन' कैद सजाय तोकेको सम्बन्धित अदालतमा निवदेन दिएर अदालतको स्वीकृति अनिवार्य भएमात्र रिहा गर्ने गरिएको छ। अदालतले तारेखमा बोलाएको बेला पनि उनीहरु हाजिर हुनुपर्छ।

प्रकाशित : चैत्र २५, २०७६ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?