कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीका ९ जनाकै रिर्पोट नेगेटिभ

अवधेशकुमार झा

राजविराज — कोरोनाको संक्रमणको आशंकामा बिहीबार ९ जनाको घाँटीको स्वाब परीक्षणका लागि सप्तरीबाट पठाइएकोमा सबैको परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।

भारतबाट आएका ८ जना र फ्रान्सबाट कतार हुँदै आएका एकजना गरी ९ जनाको घाँटीको स्वाबको नमुना संकलन गरी बिहीबार परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।


शुक्रबार साँझ आएको परीक्षणको रिर्पोट अनुसार सबै नेगेटिभ रहेको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । रिर्पोट नेगेटिभ आएपनि उनीहरु अझै पनि क्वारेन्टाइनमै राखिने मेसु डा. दासले जानकारी दिए ।


यसअघि पनि कतारबाट आएका एकजनाको नमुना परिक्षणका लागि सप्तरीवाट पठाईएकोमा रिर्पोट नेगेटिभ आएको थियो ।

प्रकाशित : चैत्र २१, २०७६ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?