३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जनकपुरलाई सेनिटाइज गरिँदै 

जनकपुर — कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न जनकपुर उपमहानगरपालिकाले सहरभरि सेनिटाइज गर्ने अभियान थालेको छ । यसका लागि दुईवटा गाडी परिचालन गरेको छ ।

उपमहानगरका प्रमुख कार्यकारी अधिकृत गोपाल रेग्मीले क्षेत्र तोकेरै सहरलाई सेनिटाइज गर्ने अभियान थालेको बताए । जनकपुरस्थित प्रादेशिक अस्पतालबाट मेयर लालकिशोर साहले केही दिनअघि यो अभियानको सुरुवात गरेका थिए ।


रेग्मीका अनुसार पानी जमेको ठाउँ र नालामा लगातार स्प्रे गर्ने काम भइरहेको छ । ‘जनकपुरमा मच्छरको प्रकोप पनि बढेकाले धुँवा छर्किने र स्प्रेको कामलाई निरन्तरता दिइएको छ,’ उनले भने, ‘ लकडाउन अवधिमा पुरै सहरलाई सेनिटाइज गरी मच्चरको प्रकोप कम गरिनेछ ।’ उपमहानगर लकडाउनमा खटिएका सुरक्षाकर्मीका लागि खानेपानी, साबुनपानी र खाजाको व्यवस्था मिलाएको छ । ‘सुरक्षाकर्मीलाई शुक्रबारदेखि खाजाको व्यवस्था मिलाइएको छ,’ रेग्मीले भने ।


यसैगरी उपमहानगरले नगर स्वास्थ्य केन्द्र र अन्य स्वास्थ्य संस्थालाई सेफ्टी मेजरका समान समेत उपलब्ध गराएको छ । लकडाउनका बेला छाक टार्ने समस्यामा रहेका परिवारको लगत संकलन भइरहेको जनाउँदै उनले त्यस्ता परिवार र व्यक्तिलाई उपमहानगरले राहत वितरण गर्ने बताए । ‘राहत वितरण परिमाणमुखी र प्रभावकारी बनाउन वडा कार्यालयलाई नै जिम्मेवार बनाइनेछ,’ रेग्मीले भने, ‘लकडाउन कति समय रहने निर्क्यौल नरहेकाले योजना बनाएरै राहत बाँडिनेछ ।’

प्रकाशित : चैत्र २१, २०७६ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?