कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लागूऔषध सहित २ पक्राउ

भरत जर्घामगर

सिरहा — लकडाउनको मौंका छोपी लागूऔषध ओसारपसारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध सहित २ पक्राउ

प्रहरी गस्ती टोलीले सिरहा कल्याणपुर नगरपालिका–८ का ३२ वर्षीय लालु खान र मिर्चैया नगरपालिका–५ का २९ वर्षीय नागेन्द्र पासवानलाई गुलरीया–सारस्वर भित्री ग्रामीण सडकबाट लागूऔषध डाईलेक्स ४६ बोतलसहित पक्राउ गरेको हो ।


लकडाउनको समयमा सवारीसाधन बन्द रहेको मौका छोपी सारस्वरस्थित भित्री ग्रामीण सडकबाट मोटरसाइकलमा लागूऔषध ओसारपसारका क्रममा प्रहरी गस्ती टोलीले बिहीबार उनीहरुलाई पक्राउ गरेको हो ।


गस्ती टोलीलाई देखेपछि स ३ प ३४५६ नम्बरको मोटरसाइकलमा भाग्ने क्रममा घरमा ठोक्किएर लडेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


मोटरसाइकल ठोक्किएपछि पक्राउ परेका घाइते नागेन्द्र पासवानलाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ । अर्का लालु खान प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित : चैत्र २१, २०७६ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?