बिरामीको उपचार नगर्ने नेसनल मेडिकल कलेज र डाक्टरलाई कारबाही माग

लक्ष्मी साह

बारा — नेसनल मेडिकल कलेज वीरगन्जको हेलचेक्रयाईंले बिरामीको मृत्यु भएको भन्दै आफन्तले मेडिकल कलेज र त्यसका डाक्टरमाथि कारबाही माग गरेका छन् । 

बिरामीको उपचार नगर्ने नेसनल मेडिकल कलेज र डाक्टरलाई कारबाही माग

मसुरो दाइँ गर्ने क्रममा थ्रेसरमा परी दुवै खुट्टा र हातमा घाउ लागेपछि उपचारका लागि गत शनिबार मेडिकल कलेजमा भर्ना भएका कलैया उपमहानगरपालिका–२२ भोडाहा धोंधाका २२ वर्षीय विजय कुसवाहलाई मेडिकल कलेजले उपचार नगरी कोरोनाको आशंका भन्दै रेफर गरेको थियो । अन्य अस्पताल डुलाउँदा डुलाउँदै उनको सोमबार मृत्यु भएको थियो ।


मृतक परिवारले बिहीबार कलैयामा पत्रकार सम्मेलन गरी मेडिकल कलेज र डाक्टरलाई कारवाही माग गरेका हुन् । शनिबार भर्ना भएका विजयलाई आइतबार अस्पतालका डाक्टर र नर्सले दुर्व्यवहार गर्दै जबर्जस्ती निकालिदिएको दाइ महेश कुसवाहाले बताए ।


‘विजयमा कोरानाको संक्रमण थिएन,’ महेशले भने, ‘आशंकाकै भरमा अस्पतालले ज्यान लियो । त्यसैले क्षतिपूर्तिसहित कारबाही हुनुपर्छ ।’ विजयमा कोरोनाको संक्रमण नरहेको टेकु अस्पतालले पुष्टि गरिसकेको उनले बताए । उनका अनुसार विजयकी श्रीमती सात महिनाकी गर्भवती छिन् ।


प्रकाशित : चैत्र २०, २०७६ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?