१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रदेश सरकारले दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई खानाको व्यवस्था गरिदिने

सन्तोष सिंह

धनुषा — कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोक्‍नका लागि जारी लकडाउन अवधिभर प्रदेश २ सरकारले प्रदेशभित्रका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूको खानाको व्यवस्था गर्ने भएको छ ।

प्रदेश सरकारले दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई खानाको व्यवस्था गरिदिने

प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबारको बैठकले उक्त निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब र मजदुरको जीवन रक्षाको लागि स्थानीय तहहरूको समन्वयमा खानाको व्यवस्था सरकारको तर्फबाट गर्ने निर्णय गरेको हो ।

उक्त व्यवस्थाका लागि तत्काल खर्च गर्ने गरी महानगरपालिकालाई २५ लाख, उपमहानगरपालिकालाई २० लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने निर्णय भएको प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । प्रदेश सरकारले दिएको रकम बराबर स्थानीय तहलाई पनि उक्त व्यवस्थाका लागि विनियोजन गर्न आग्रह गर्ने निर्णय भएको उनले बताए ।

खानाको लागी प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवी संस्था सम्मलित सर्वपक्षीय समिति गठनको कार्यविधि तयार पारिएको पनि यादवले जनाए ।

यसका साथै कोरोनाको उपचारमा खटिने चिकित्सकहरूको जीवन बीमाका साथै शतप्रतिशत प्रोत्साहन भत्तासमेत दिने प्रदेश सरकारले निर्णय गरेको छ ।

प्रदेश २ सरकारले कोरोना रोकथामका लागि हालसम्म गरेको प्रयास र अगामी दिनमा लिइने रणनीतिबारे जानकारी गराउन सर्वदलिय बैठकले समेत बोलाएको थियो ।

सर्वदलीय बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहितका मन्त्रीहरू, कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपाका सांसद शत्रुधन महतो, किशोरी साहलगायत सहाभागी थिए ।

प्रकाशित : चैत्र १६, २०७६ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?