रौतहटमा ‘लकडाउन’लाई सघाउँदै स्थानीय 

शिव पुरी

रौतहट — कोभिड–१९ को सम्भावित संक्रमण रोक्न सरकारले एक सातासम्म आह्वान गरेको ‘लकडाउन’को बिहीबार स्थानीयले पालना गरेको पाइएको छ । 

जिल्लाको दरमुकाम गौर, चन्द्रनिगाहपुरलगायत मुख्य सहरमा लकडाउन स्थानीयले पालना गरेका हुन् । बिहानदेखि सडकमा मानिसहरु हिँडेका छैनन् । सानाठूला सवारी चलेको छैन् । बिहान केही समय डेरी सञ्‍चालनमा आए पनि अहिले बन्द गरिएको छ । बजारको सबै स्थानमा सुरक्षाकर्मी तैनाथ छन् । चोकचोकमा ट्राफिक, सशस्त्र र नेपाल प्रहरीले अत्यावश्यक कामका लागि हिँडेकाहरुलाई समेत बोलाएर माक्स लगाउन र काम सकेपछि तुरुन्त घर फर्कन भन्ने गरेको छ ।


जिल्ला प्रहरी प्रमुख एसपी रबिराज खड्काले जिल्लाभरी बिहीबार मानिसहरुले लकडाउनको पालना गरेको बताए । ‘आज स्थानीयले नै सघाएको छ । कोही बाहिर निस्केका छैनन्,’उनले भने,‘मानिसहरु आफैं सचेत हुनु पर्छ । प्रहरीले बल प्रयोग गनुपर्दा राम्रो हुँदैन ।'


जिल्लाभरीका बजारहरु बन्द भएका छन् । प्रहरी बिहानदेखि घरमै बस्न माइकिङ गर्दै हिँडेको छ । बुधबार डेढ दर्जन मोटरसाइकललाई नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित : चैत्र १३, २०७६ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्

इराकमा मानव तस्करीमा परेका दुई नेपाली पक्राउ 

होम कार्की

काठमाडौँ — इराकको स्वाशाासित राज्य कुर्दिस्तानको राजधानी अर्विलमा मानव तस्करीमा परेका दुई नेपालीलाई बुधबार पक्राउ गरिएको छ । 

सामान बोक्ने भ्यानको पछाडि अर्विल क्षेत्रमा प्रवेश गराउने क्रममा ट्राफिक प्रहरीले चेकपोस्टबाट नियन्त्रण लिएको हो । उनीहरुलाई लैजाने डाइभर यसअघि नै गैरकानुनी काम गरेको भन्दै सजाय पाएका थिए । प्रहरीले ती युवालाई कताबाट ल्याइएको भन्ने खुलिसकेको छैन ।

ट्राफिक प्रहरीद्वारा जारी विज्ञप्ति अनुसार उनीहरुलाई कोरोना भाइरसको परीक्षणको लागि पठाइएको छ ।

प्रकाशित : चैत्र १३, २०७६ १५:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×