विद्यार्थीले बनाए सेनिटाइजर 

सुनिता बराल

महोत्तरी — महोत्तरीको बर्दिबास–३ स्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीले आफ्नै  प्रयोगशालाबाट सेनिटाइजर बनाएका छन् । बजारमा सेनिटाइजर अभाव भएसँगै जनता स्कुलमा कक्षा १२ को विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुले सेनिटाइजर बनाएका हुन् ।

विद्यार्थीले बनाए सेनिटाइजर 

विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुरुप नै सेनिटाइजर बनाइएको रशायनशास्त्री गंगाप्रसाद फुयाँलले बताए ।


‘सेनिटाइजरमा छालालाई नरम बनाउन पोषणयुक्त घ्यूकुमारीको प्रयोग गरेका छौ,’ उनले भने, ‘यसमा इथानोलसँग ३०ः१ को अनुपातमा मिश्रण गरिएको छ ।’ विद्यार्थीको टोलीले बनाएको सेनिटाइजर शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थान समितिका सदस्य लगायतले प्रयोगमा ल्याएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर खनालले पहिलो चरणमा विद्यार्थी र विद्यार्थीका अभिभावकलाई सेनिटाइजर वितरण गरिने बताए ।


सेनेटाइजर किन्न गाउँलेहरु भौतारिनु परेको अवस्थामा विद्यालयले सेनिटाइजर बनाएर बाँड्ने कुरा सुनेर निकै खुशी लागेको बर्दिवास नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजन ढुंगानाले बताए ।


तत्काल विद्यालयले बनाएको सेनेटाइजर सेवाका हिसाबले कोरोना भाइरससँग नागरिकलाई बचाउन गाउँस्तरमा वितरण गरिने विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थान समितिको अनुमति लिएर लकडाउनको समयमा शिक्षक र विद्यार्थी सेनिटाइजर उत्पादनमा लागेका हुन् ।

प्रकाशित : चैत्र १२, २०७६ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?