कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सिरहामा निषेधाज्ञा जारी

भरत जर्घामगर

(सिरहा) — कोरोना (कोभिड–१९) को संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।

सजगता अपनाउन, संक्रमणको विस्तारलाई रोक्न तथा सचेतनात्मक र प्रवर्द्धनात्मक कार्यहरु गरी संभावित संक्रमणले प्रभाव पार्न सक्ने कुनै किसिमका गतिविधि हुन नदिन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।


निषेधाज्ञा अवधिभर आपत्‌कालीन र अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल नगर्न, सवारी साधन नचलाउन प्रशानले आग्रह गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)मा कसैले कुनै काम गर्न लाग्दा वा कहीं केही वस्तु रहँदा वा कसैले राख्दा हुलदङ्गा भई शान्ति सुरक्षा भंग हुने वा कसैलाई बाधा विरोध पर्ने वा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावना भएमा प्रमुख जिल्ला अधिकारीले निषेध गर्न आदेश दिनसक्ने व्यवस्था छ ।

प्रशासनले निषेधाज्ञाको उल्लंघन भए नियन्त्रणमा लिएर संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने जनाएको छ ।



प्रकाशित : चैत्र ११, २०७६ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?