२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

राजमार्गमा यात्रु ओसार्दै ट्रक 

शिव पुरी

रौतहट — चन्द्रपुरस्थित पूर्वपश्चिम राजमार्गमा मानिसको आवागमन कम भए पनि सवारी चल्न छाडेको छैन ।  सरकारले अनुमति दिइएको सवारीको अलावा मालकबाहक ट्रकहरु निर्वाध रुपमा चलिरहेका छन् । ती ट्रकले यात्रु ओसारिहेका छन् । बिहान स्थानीय घरबाट बाहिर निस्केपनि अहिले सडक सुनसान छ । ट्रकहरु भने चलिरहेका छन् ।

राजमार्गमा यात्रु ओसार्दै ट्रक 

कोभिड–१९ संक्रमणको जोखिम बढेपछि सरकारले एक साताका लागि ‘लकडाउन’ को निर्णय गरेको हो । औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममाबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् ।


स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अतिआवश्यक सेवाबाहेकलाई बन्देज लगाइए पनि राजमार्गमा खाली र मालभरिका ट्रकहरु बिहानदेखि चलेका छन् । उनीहरुलाई सुरक्षाकर्मीले रोक्ने प्रयास गरेका छन् ।


मानिसहरु मोटरसाइकलमा यात्रा गरिरहेका छन् । लामो दूरीको बस चल्न छाडेपछि ट्रकले धमाधम यात्रु बोकेकोमा ट्राफिकले कडाई गरेको छ । मंगलबार बिहान ६ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवत जावत बन्द गरिएको हो ।


ईलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपि हेम शाहीले ‘लकडाउन’ को पालना गर्न नागरिक आफै सचेत हुनु पर्ने बताए ।

प्रकाशित : चैत्र ११, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?