ट्रयाक्टरको ठक्करबाट मृत्यु

कान्तिपुर संवाददाता

सिरहा — ट्रयाक्टरको ठक्करबाट सिरहामा आइतबार एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार स १ त ३०० नम्बरको ट्रयाक्टरको ठक्करबाट सिरहा लहान नगरपालिका–१५ मोहनपुरस्थित मामाघर बस्दै आएका ७ वर्षीय स्वागत महतोको मृत्यु भएको हो ।


दुर्घटनाबाट गम्भीर भएका बालकलाई थप उपचारका लागि लहान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रकाशित : चैत्र ९, २०७६ १६:२६

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

उपत्यकामा खानेपानी नियमित

रासस

काठमाडौँ — काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानी नियमित रुपमा उपलब्ध गराउने भएको छ । काठमाडौं उपत्यकाको खानेपानीको व्यवस्थापन गर्दै आएको लिमिटेडले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले सार्वजनिक बिदा दिए पनि निर्वाधरुपमा सेवा प्रवाह हुने जनाएको छ ।

यसका लागि खानेपानी लिमिटेडले आफ्‍ना कर्मचारीलाई आवश्यक सेनिटाइजर, मास्कलगायत वस्तु उपलब्ध गराएर खानेपानी उपलब्ध गराउने जनाएको छ ।

अहिले सेवा प्रवाह गरिरहँदा प्रशासनिक कामका विषयमा निर्णय भइनसकेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । उनका अनुसार मिटर रिडिङ, मर्मतलगायत कामका लागि फिल्डमा पठाउने विषयमा आगामी सातासम्ममा निर्णय हुनेछ । उनले भने, 'यो साताभरमा छलफल गरेर यी विषय आगामी सातासम्ममा निर्णय हुनेछ ।' लिमिटेडले सुख्खा मौसममा अहिले दैनिक ९ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण गरिरहेको छ ।

यसैबीच, कर्मचारी सञ्‍चय कोष पुल्चोक शाखाले यही चैत २१ गतेसम्मका लागि सम्पूर्ण सञ्चयकर्तामार्फत् हुने कर्जा प्रवाह र बचत संकलन (आर्थिक कारोबार) बन्द गर्ने भएको छ । कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आर्थिक कारोबार बन्द गर्ने निर्णय भएको शाखाका प्रतिनिधि रामेश्वर श्रेष्ठले जानकारी दिए । शाखाले प्रेस विज्ञप्ति जारी गरी अत्यावश्यक सेवा भने यथावत् राख्दै सञ्चयकर्तालाई भाइरसविरुद्ध उच्च सतर्कता अपनाउन आह्वानसमेत गरेको छ ।

प्रकाशित : चैत्र ९, २०७६ १६:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×