कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

घूससहित वडा सदस्य पक्राउ

शिव पुरी

रौतहट — सेवाग्राहीसित घूस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले वडा सदस्यलाई रंगेहात पक्राउ गरेको छ । 

घूससहित वडा सदस्य पक्राउ

यमुनामाई गाउँपालिका ३ का वडा सदस्य रामविश्वास मुखियालाई सेवाग्राहीसँग १३ हजार घूस लिएको अवस्थामा रंगेहात पक्राउ गरेको अख्तियार बर्दिबासले जनाएको छ । नागरिकता हराएर प्रतिलिपिका लागि सिफारिस लिन गएका सेवाग्राहीलाई मुखियाले दु:ख दिएर पटक-पटक फर्काउँदै आएका थिए ।


सेवाग्राहीलाई पैसाको बार्गेनिङ गर्ने यमुनामाई ३ घर भएका बिचौलीया नरगुन पासवातलाई समेत पक्राउ गरिएको छ । दुबैलाई थप अनुसन्धान र कारबाहीको लागि अख्तियारको बर्दिबास कार्यालय लगिएको छ ।


प्रकाशित : चैत्र ९, २०७६ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?